एजेन्सी । तयारी चाउचाउलाई स्वास्थ्यको लागि राम्रो मानिँदैन । तर स्वाद र व्यस्तताका कारण नेपालमा चाउचाउको प्रयोग भारी मात्रामा बढेको बताइएको छ । नेपाल विश्वमा नै सबैभन्दा धेरै चाउचाउ खाने मुलुकहरुको बीचमा छ ।

विश्वको सर्वाधिक चाउचाउ प्रयोग हुने देशको सूचीमा चीन पहिलो नम्बरमा छ भने चौथो नम्बरमा भारत रहेको छ । नेपालले पनि एक दिनमा नै ४० लाख प्याकेट चाउचाउ खपत गर्ने गरेको एक अध्ययनले देखाएको छ ।

चाउचाउको खराबी तत्कालै देखिने खालको हुँदैन । कुनैपनि तयारी चाउचाउ लामो समयसम्म प्रयोग गर्न सकियोस् भन्ने हिसाबले बनाइएको हुँदा अत्याधिक प्रशोधन गरेर बजारमा पठाइन्छ । ती खानाहरुमा पौष्टिक सामग्रीहरु कम हुन्छन् भने फ्याट, क्यालोरी र सोडियम धेरै हुन्छन् । साथमा सुन्दर र मीठो देखाउनको लागि कृतिम रंगहरु, संरक्षणको लागि केमिकलहरु र थप फ्लेवरहरु समेत मिसाईएको हुन्छ ।

अधिकांश समय मोनो सोडियम ग्लुटामेट जसलाई हामी अजिनोमोटो नामले चिन्ने गर्छौं । त्यसका साथै टेटरियरी–बुटेल हाइड्रोक्विनोन ९टीबीएचक्यु० र पेट्रोलियम उद्योगबाट प्राप्त हुने रासायनिक पदार्थहरुको समेत प्रयोग गर्ने गरिन्छ । यी पदार्थहरुका कारण नै चाउचाउ हानिकारक हुने गर्छ । हप्तामा दुई पटक वा सोभन्दा बढी इन्स्टन्ट नुडल्स खाने मानिसलाई मेटाबोलिक सिन्ड्रोमको जोखिम बढी देखिएको छ ।

अत्याधिक तयारी चाउचाउ उपभोगले मोटोपना बढाउने मात्र नभई मधुमेह, उच्च रक्तचाप, मुटु सम्बन्धी समस्या जस्ता नसर्ने रोगहरु समेत निम्तिने गरेको उल्लेख गरिएको छ । धेरै जसो तयारी चाउचाउहरु मैदाबाट बनेको हुन्छ । धेरै प्रशोधन गरेर बजारमा पठाउने भएकोले यो पोषणबिहीन हुन्छ । यस्तै तयारी चाउचाउहरुमा स्याचुरेटेड फ्याटहरू पर्याप्त मात्रामा पाइन्छन् ।

जसको मात्रा धेरै हुँदा वा नियमित रूपमा सेवन गर्दा रगतमा कोलेस्ट्रोलको स्तर बढ्न जान्छ । उच्च कोलेस्ट्रोल हुँदा हृदय रोगको खतरा साथै मधुमेहको सम्भावना पनि बढ्छ ।’