झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुर्नेमा मेचीनगर नगरपालिका १३ स्थित चारआली निवासी ७१ वर्षीय खम्बासिंह कार्की रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अनुसार आज बिहान ३ बजे कार्कीको घरमै अन्न खान आएका हात्ती धपाउने क्रममा उनलाई हात्तीले कुल्चिँदा गम्भीर घाइते भएका थिए ।

हात्तीको आक्रमणबाट घाइते भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको थियो ।उनको उपचारको क्रममा बिहान ९ बजेर ५५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।