इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुर्नेमा सप्तरी जिल्ला हनुमाननगर कंकालिनी–८ की ७६ वर्षीया वृद्धा रहेकी छिन् ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उनलाई हिजो (आइतबार) आरडिटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो ।

श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित महिलाले कोरोना विरुद्धको खोप समेत लगाएको जनाइएको छ ।उनको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।