इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुर्नेमा धरान उपमहानगरपालिका वडा नं ८ की ५२ बर्षीया महिला रहेकी छिन् ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उनी मृगौला, उच्चरक्तचाप र मधुमेहको समस्या रहेको र कोभिडविरुद्धको खोप लगाएकी थिइन् ।

उनलाई माघ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने माघ १७ गते हिजो प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा गए राती १० बजे प्रतिष्ठानको कोडिभ अस्पतालमा मृत्यु भएको हो ।

मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।