इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुर्नेमा धरान–११ बस्ने ६३ वर्षीय पुरुष, धरान–१० बस्ने ५८ वर्षीय पुरुष र धरान–८ की ५२ वर्षीया महिला रहेकि छन् ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान–११ बस्ने ६३ वर्षीय पुरुषले कारोनाविरुद्धको खोप लगाएका थिएनन्। बाँकी दुई मृतकले भने खोप लगाएको पाइएको छ।

मृतक तीनै जनामा मिर्गौला, उच्च रक्तचाप र मधुमेह जस्ता स्वास्थ्य समस्या रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।