इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले नजिकिदै गरेको होली पर्वलाई मर्यादापुर्वक मनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (सोमबार) एक सुचना जारी गर्दै चैत ३ र ४ गते पर्ने होली पर्वको शुभकामना व्यक्त गर्दै मर्यादापुर्वक मनाउन आग्रह गरेको हो ।

प्रशासनले कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने लगायत कार्यहरु नगर्न आग्रह गरेको छ ।

यसैगरि, सार्वजनिक स्थानहरुमा हो हल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने जस्ता क्रियाकलापहरु तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर गर्ने खालको कार्यहरु नगर्न पनि सुचनामा उल्लेख छ ।

प्रशासनले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पर्व मनाउन आग्रह गर्दै उल्लंघन गरेमा कानुन वमोजिम कारबाही गर्ने पनि जनाएको छ ।

275813712_1911902988978157_9050743596090787810_n