इटहरी । इटहरीको एपेक्स हस्पिटलको लापरबाहीले बिरामीको मृत्यु भएपछि इटहरीमा महेन्द्र राजमार्गमा प्रदर्शन गरिएकोछ ।

इटहरी बरगाछीका साढे ३ वर्षिय सन्देश शाहको डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै पीडितले अस्पतालअगाडी प्रदर्शन गरेका हुन् ।

बुधबार बिहानबाट बान्ता भएपछि सन्देशलाई बुधबार साँझ एपेक्स हस्पिटल ल्याइएको थियो ।डाक्टरले फुड पोइजनिङ्ग भएको भन्दै उपचार सुरु गरिएको बताएका थिए । बच्चाले बान्ता गरेपछि बच्चाको अवस्था थप जटिल बनेको र नर्सले डबल डोज सुई लगाइएपछि मृत्यु भएको पीडितको भनाइ छ ।

हस्पिटलले बच्चाको अवस्था थप जटिल बनेपछि राती २ बजे सन्देशलाई धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लान भनेका  थिए । बिपि प्रतिष्ठानले बच्चाको अघिनै मृत्यु भएको बताएपछी बिहिबार बिहानै एपेक्स हस्पिटलमा मृतकका परिवार विरोधमा उत्रिएका हुन् ।

cf549600-c8d3-42a8-bb1e-ac6611d93605

प्रदर्शनका कारण अहिले पूर्व-पश्चिम राजमार्ग अबरुद्ध बनेको छ ।अहिले मृतकको शव बोकेर पूर्व–पश्चिम राजमार्गको एपेक्स अस्पताल अगाडि नै प्रदर्शन भइरहेको छ ।प्रदर्शनपछि प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले बच्चालाई धेरै पटक सिरिन्ज लगाइएपछि मृत्यु भएको आरोप लगाएका छन् ।

हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डोज सुई लगाईदिँदा बच्चाको ज्यान गएको मृतकका बुबाको भनाइ छ ।बच्चाको मृत्यु भएपछि अस्पताल प्रशासनसहित उपचारमा संलग्नलाई कारबाही हुनुपर्ने पीडितको भनाइ छ ।

अस्पतालले भने लापरवाही नभएको जनाएको छ । डाक्टरले सकेको उपचार गरेर नसकेपछि प्रतिष्ठान पठाएको अस्पतालले जनाएको छ ।

19e343b3-d0f3-4a08-a309-8b8c273204fb

भिडियो: