इटहरी । मोरङको लेटाङ ५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु लगाएको छ।

मोरङको लेटाङ ५ खेरुवामा रहेको शिक्षा विकास माबिका शिक्षकले कक्षा ६ मा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोपमा आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएपछि कपर्यु आदेश जारी गरिएको हो।

उक्त घटनामा एक महिला प्रहरी जवानको निधन हुनुका साथै करिब २८ जना घाइते भएका छन् ।

लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गङ्गे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

होली खेल्ने क्रममा घरमा आएका सामाजिक शिक्षा विषयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले आफूलाई यौनदुर्व्यवहार गरेको पिडित १२ वर्षीया बालिकाले बताएकी थिइन् ।

यौन दुर्व्यवहार आरोपी शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि मोरङको लेटाङमा आक्रमण भएको थियो ।