काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप ८ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

सोमबार एमालेका मन्त्री फिर्ता भएपछि उनीहरुले सम्हालेका ८ वटा मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री प्रचण्डको काँधमा आएको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानले गरेको व्यवस्था अनुसार थप मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीलाई तोकेकी हुन् । एमालेले अर्थ, कृषि तथा पुशपंक्षी,उद्योग बाणिज्य तथा आपुर्ति, भूमि व्यवस्था तथा सहकारी, परराष्ट्र, स्वास्थ्य, महिला बालबालिका र रक्षा मन्त्रालय पाएको थियो । 

यसअघि राप्रपा र राप्रपा समेत सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डसँग अहिले १६ मन्त्रालय छन् ।