काठमाडौं । कोशी प्रदेशको नामांकन विरुद्ध किरात राई यायोक्खा,शेर्पालुङ राष्ट्रिय समन्वय समिति, नेपाल मगर संघ लगायतले प्रदेश १ को नाम कोशी खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्। 

आइतबार माइतीघरमण्डलामा कोशी प्रदेश खारेजको माग गरी विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘कोशी प्रदेश मान्दैनौँ, कोशी प्रदेश मुर्दावाद, पहिचानविरोधी होसियार,कोशी खारेज गर’ लगायत नारा लगाएका थिए।

कोशी प्रदेश नाम तत्काल खारेज गरी ऐतिहासिक पृष्ठभूमिको आधारमा त्यहाँको मानव भूगोलको सभ्यता, इतिहास, भाषा संस्कृतिको पहिचान सम्बोधन गर्ने प्रदेशको नाम किरात प्रदेश राख्नुपर्ने उनीहरूको माग छ।