काठमाडौं । प्रतिनिधिसभा बैठक आज (मंगलवार) पनि बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०–८१ को राजस्वको आयव्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने सभामुख देवराज घिमिरेले जानकारी दिए ।

सोमवारको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विषयमा छलफल सकेर बजेटमाथिको छलफल शुरू भएको थियो ।