इटहरी । नेकपा एमालेको नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिने भएको छ ।

आज औपचारिकरुपमा समर्थन फिर्ता लिएर माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्न लागेको श्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठन गर्ने माहोल बन्दै गएको श्रोतले जानकारी दिएको छ ।

औपचारिक निर्णय केही बेरमा सार्वजनिक हुने जनाइएको छ ।