इटहरी । इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला रात्रीकालीन भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रदेशिक रंगशाला, इटहरीमा जेठ २९ गते देखी ३२ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

बिजेताले नगद ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैया पुरस्कार पाउने बिहिबार बिहान आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन । यस्तै उत्कृष्ट विधाहरु अन्तर्गत बेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेण्डरलाई जनही १५ हजार प्रदान गरिने बताइएको छ ।

प्रतियोगितामा तीन बिभागीय सहित ६ टिमको सहभागिता रहने आयोजक प्रदेश खेलकुद बिकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए । बिभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस र एपीएफ सहित बागमती, लुम्बीनी र कोशी प्रदेश टिम सहभागी हुने निश्चित भएको वाग्लेले जानकारी दिए ।

अत्याधिक गर्मीको मौसम रहेकाले प्रतियोगिता रातीको समयमा आयोजना गर्न लागिएको सुनसरी जिल्ला भलिबल संघले जनाएको छ ।