विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम  आज (बुधाबार) प्रदेश‍सभामा प्रस्तुत गर्दैछ।सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहँदा आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रमलाई आज छलफलका लागि प्रदेश सभामा लैजाने निर्णय गरेको हो‍।

प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृत गर्दै प्रदेशसभामा प्रदेश प्रमुख परशुराम खापुंग समक्ष अनुरोध गर्ने सरकारका प्रवक्ता तथा उद्योग कृषि तष सहकारी मन्त्री भक्ति सिटौलाले बताएका छन्।

मन्त्रिपरिषद्को बैठकले प्रदेश सभालाई प्रदेश प्रमुख खापुंगले सम्बोधन गर्न आवश्यक तयारी पुरा गर्न निर्देशन समेत दिएको उनले जानकारी दिए। अल्पमतमा रहेको सरकारले अध्यादेशबाट बजेट ल्याउने हुँदा विपक्षी गठबन्धन दलहरुले विरोध जनाउँदै आएका छन्।

सरकारले बजेट पूर्व नीति तथा कार्यक्रमलाई सदनमा पेश गर्दै छलफल अघि बढाउनुपर्नेमा सदन स्थगित थियो। सोही क्रममा आज सदनमा नीति तथा कार्यक्रम पेश गर्ने र बजेटको प्रक्रिया अघि बढाउने तयारी सरकारको रहेको छ।