विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको छ । कोशी प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन बुधवार राती अन्त्य गर्दै अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो ।

आजै अध्यादेशबाट बजेट आउने कोशी प्रदेश सरकारले जनाएको छ । बुधवार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका थिए ।

कोशीमा वर्तमान सरकार अल्पमतमा रहेका कारण नीति तथा कार्यक्रम पास नहुने देखेपछि बुधवार प्रदेश मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

सरकारले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा छ।