काठमाडौँ । अदालतको अवहेलना गरेको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ ।

अधिवक्ता वर्षाकुमारी झाले महानगर प्रमुख साहविरुद्ध अदालतको अवहेलनाको निवेदन सर्वोच्च अदालतमा दिएका हुन् । उक्त निवेदनमाथिको सुनुवाइ गर्न न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेसी तोकिएको छ ।

हिन्दी चलचित्र चल्न दिनेबारे उच्च अदालत पाटनको आदेशलाई लिएर साहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको अधिवक्ता झाले दाबी गरेकी छिन् ।