विराटनगर । कोशी प्रदेश सरकारले असार १४ गते विश्वासको मत लिने तयारी गरेको छ। विश्वासको मत लिने प्रयोजनका लागि असार १४ गते १ बजेलाई तेस्रो अधिवेशन प्रदेश प्रमुखले आव्हान गरेका छन्  । 

कोशी प्रदेश मन्त्रिपरिषद्को असार १० गतेको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम कोशी प्रदेश सभाको तेस्रो अधिवेशन २०८० साल असार १४ गते बिहीबार दिनको १ बजे बोलाएका हुन्  ।

सरकारमा रहेको सत्ता साझेदार दल जनता समाजवादी र माओवादी केन्द्रले हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वसको मत फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको छ । 

जेठ १७ गते जनता समाजवादी पार्टीको प्रदेश कमिटीको बैठकले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र सरकारबाट फिर्ता गर्ने निर्णय गरेसँगै विश्वासको मत लिन लागेको हो । 

कोशी प्रदेश सभामा एकजना मात्र सदस्य रहेको जसपाबाट निर्मला तावा लिम्बु सरकारको नेतृत्व गरेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारको स्वास्थ्य मन्त्री भएकी थिईन् ।  

सरकारमा रहेको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिएपछि त्यो दिनदेखि ३० दिन भित्र सरकारले विश्वासको मत लिनु पर्ने कानुनी ब्यवस्था रहेको छ। १७ गते  ३० दिन पुग्दै गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १४ गते नै विश्वासको मत लिने तयारी गरेका हुने । 

विश्वासको मत फिर्ता लिँदै सरकारबाट हटेको जानकारी गराएको ३० दिन भित्रमा सरकारले पुन विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार आजै प्रदेश प्रमुखलाई अधिवेशन बोलाउन सिफारिस गर्न पत्र पठाउने र प्रदेश प्रमुखले पत्रका आधारमा संसद्को विशेष अधिवेशन बोलाउने तयारी छ ।