काठमाडौं । कोशी प्रदेश सरकार गठन विरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट आज (मंगलबार ) पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको छ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा १४औं नम्बरमा रहेको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो। 

उक्त इजलासले एक थान मात्र मुद्दाको सुनुवाइ गर्दै अन्य मुद्दा हेर्न नभ्याउने सुचिमा राखेर स्थगीत गरिएको छ। उक्त मुद्दा आइतबार र सोमबार पनि पेसी तोकिने अनि हेर्न नभ्याउने हुँदै सर्दै आएको थियो। अब बुधबारलाई पेसी तोकिनेछ। 

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेससहितका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाको हकमा बहुमत नपुगेको अवस्थामा नियुक्ति दिएकाले बदर हुनुपर्ने माग गरिएको छ।